२ फिल्म एकसाथ रिलिज हुँदा मुकुनलाई समस्या
भदौको १४ गते नायक मुकुन भुषाल अभिनित फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ रिलिजमा आउँदैछन् । एउटै मितिमा एकै कलाकारका २ फिल्म रिलिजमा आउँदा त्यसले कलाकारलाई प्रचारमा समस्या बनाउँछ ।
नायक मुकुन भुषाल पनि यही समस्यामा परेका छन् । तर, उनी दुबै फिल्मलाई दर्शकले माया गर्नेमा विश्वस्त छन् ।
शुक्रबार फिल्म ‘गणपति’को गीत रिलिज कार्यक्रममा पुगेका मुकुनले भने–‘व्यवसायीक पाटो कलाकारलाई थाहा हुने कुरै भएन । तर, मलाई दर्शकले दुबै फिल्मलाई माया गर्नुहुन्छ जस्तो लाग्छ । किनकी, यी दुबै फिल्म मेरो लागि महत्वपूर्ण छन् ।’
मुकुनले दुबै फिल्मको प्रचारमा आफू लाग्नेतर्फ पनि संकेत गरे । मुकुनका लागि ‘गणपति’ उनकै दममा चलाउनुपर्ने दबाब छ । यता, ‘ऐंचो पैंचो’मा भने स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री लगायतका कलाकार भएका कारण पनि उनलाई केही हदसम्म प्रचारमा सहज छ ।
फिल्म ‘बुलबुल’बाट उदाएका मुकुनको माग फिल्म क्षेत्रमा राम्रो छ । उनले फिल्म ‘ज्वाँई साहेब’ पनि साइन गरिसकेका छन् ।
प्रतिक्रिया