अलबिदा सारुक...


बिहिबार बेलुकी आफ्नै निवास रातो पुलमा आत्महत्या गरेका नायक सारुक ताम्रकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ । उनको शवको शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको हो । 

पशुपति आर्यघाटमा नेपाली फिल्मकर्मीहरुले सारुकलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर बेलुकी घर फर्किएका सारुकले आफ्नै निवासमा सिडीमा झुन्डिएर आत्महत्या गरेका थिए । 
फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतमा काम गरिसकेका यी नायक कलाकार सानु ताम्रकारका छोरा हुन् । 

नेपाली फिल्म क्षेत्रमा उदाउँदै गरेका एक आशातीत कलाकारको निधनले नेपाली फिल्म क्षेत्रलाई गहिरो चोट पुर्याएको छ । अलबिदा सारुक...

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं