केकी लेख्छिन्–‘फिल्म हस्ताक्षर गर्दा मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी भैसक्यो’
नायक सारुक ताम्राकारले ३१ बर्षको उमेरमा नै आत्महत्याको बाटो रोजेपछि यतिबेला सामाजिक संजालमा मानसिक स्वास्थ्यको बिषयमा बहस चर्किएको छ । उसो त यो बहस नेपालमा मात्र होइन, चिन, जापान जस्ता देशमा पनि चर्किएको छ ।
अझ, रंगिन दुनियाँमा रमाउने फिल्मीकर्मीका लागि त मानसिक परामर्श आवश्यक रहेको देखिन्छ । नायिका केकी अधिकारीले पनि अब मानसिक स्वास्थ्यको बिषयमा परामर्श गर्न आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
सामाजिक संजालमा उनले लेखेकी छिन्–‘हामीले फिल्म निर्माताहरु र मिडिया उद्योगका प्रतिनिधीहरुको रुपमा, हाम्रो बजेट योजना बनाउँदा वा फिल्म हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरुका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भैसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन्छ, बेलैमा सबै मिली यसलाई गम्भिरताका साथ लिऔं ।’
केकीले आम मानिसले चिन्ने कलाकार हुँदाको फाइदा र वेफाइदा दुबै भएको तर्फ संकेत गरेकी छिन् ।
प्रतिक्रिया