नायक सारुक ताम्राकारले गरे आत्महत्या
नेपाली फिल्म क्षेत्रका उदीयमान नायक सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले, ३१ बर्षको उमेरमा आफ्नै निवास रातो पुलमा आत्महत्या गरेका हुन् ।
सारुकले बिहिबार बिहानसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । तर, अचानक उनले यस्तो निर्णय किन लिए खुल्न सकेको छैन ।
सारुक कलाकार सानु ताम्रकारका छोरा हुन् । सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत छायांकन सकाएका थिए । यो फिल्ममा उनले नायिका नम्रता श्रेष्ठसँग अभिनय गरिरहेका थिए ।
प्रतिक्रिया