सौगात १० केजी तौल बढाउँदै, ‘अगस्त्य’मा यस्तो देखियो लुक


नायक सौगात मल्लले छायांकन भैरहेको फिल्म ‘अगस्त्य’का लागि १० केजी तौल बढाउने भएका छन् । उनले, छायांकनबाट एक महिना ब्रेक लिएर १० केजी तौल बढाउन लागेको निर्देशक तथा लेखक सौरभ चौधरीले जानकारी दिए । यो फिल्मको पहिलो चरणको छायांकन गोखरपुर र दोश्रो चरणको छायांकन राजविराजमा गरिएको छ । अब, एक महिना ब्रेक लिएपछि साउन १५ गतेबाटस अन्तिम सेड्यूलको छायांकन सुुरु गरिने सौरभको भनाई छ । 

यसैबिच, निर्माणपक्षले मेरो फिल्मलाई उपलब्ध गराएको एक तस्वीरमा सौगात मल्लको फरक लुक देख्न सकिन्छ । विशेषगरि, यो लुकमा सौगातले लामो कपाल पालेका छन् भने मैलो कपडा लगाएका छन् । उनी, मानसिक सन्तुलन गुमाएको व्यक्तिको भूमिकामा रहेको वुझ्न सकिन्छ । 

यो फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत्त, विजय बराल, रविन्द्र झा, प्रमोद अग्रहरि लगायतका कलाकारको अभिनय छ । फिल्मलाई एक्सन र लभ स्टोरी कथामा तयार पारेको निर्देशक चौधरीले बताए । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गरिरहेका छन् ।

यो फिल्मलाई २ भागमा बनाउने तयारी निर्देशकको छ । सौरभले दुबै भागका लागि कथा पनि तयार पारिसकेका छन् ।