नवलको ‘काँडेतार’लाई विकास बोर्डको १० लाख पुरस्कार


चलचित्र विकास बोर्डले फागुणको २५ गतेबाट रिलिज हुन लागेको नवल खड्का अभिनित तथा निर्मित फिल्म ‘काँडेतार’लाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजना भएको विकास बोर्डको बार्षिकोत्सव कार्यक्रममा चलचित्र विकास बोर्डको स्टोरी बैंक अन्र्तगत यो फिल्मको कथालाई उत्कृष्ट छनोट गर्दै १० लाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो । 

विकास बोर्डबाट १० लाख रुपैयाँ आर्थिक सहयोग पाएपछि यसका निर्देशक तथा निर्माता नवल खड्काले राष्ट्रवादी भावनाले निर्मित फिल्मलाई विकास बोर्डले सहयोग गरेको भन्दै खुशी व्यक्त गरेका छन् । विकास बोर्डले स्टोरी बैंक स्थापना गर्दै उत्कृष्ट कथा भएको फिल्मलाई नगद सहयोग गर्दै आएको छ । 

सामना फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा नवल खड्का, सुरविना कार्की, रेविका गुरुङ लगायतका कलाकारको अभिनय छ ।