स्वेता खड्का छोरी ब्रीआना र पति लिएर बालकोटमा आर्शिवाद लिँदै
अभिनेत्री स्वेता खड्का नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
मंगलबार ओली निवास बालकोटमा भएको भेटमा छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावत पनि साथ पुगेका थिए ।
सो भेटकाक्रममा ब्रीआनालाई ओलीले आर्शिवाद दिएका थिए । भेटमा अध्यक्ष ओलीले श्वेता र विजयन्द्रसिंहकी छोरी ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेका छन्। उक्त भेटका क्रममा ओलीले श्वेताकी छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको श्वेताले बताएकी छन् ।
ओलीसँगको भेटका तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै स्वेताले लेखेकी छन् - ‘काम ठुलो हुन पर्दैन, जे गर्छौं प्रेम पुर्वक गर्दा, सदैव लक्ष्मी को बास हुन्छ । सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवाहजुर सँग पहिलो भेट ब्रीआना को ! आशिर्बाद लिदै ।’
आमा बनेपछि श्वेता पछिल्लो समय फिल्मबाट केही टाढिएकी स्वेता भने केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिईन् । अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया