गायक प्रकाश सपुत माथी बोतल प्रहार

गायक प्रकाश सपुत माथि बोतल प्रहार भएको छ।  

रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।  

बोतल हान्ने नेपालिलार्ई त्यहाँको रोमनियन प्रहरीले नियन्त्रणमा लिएको छ । सपुतको आँखा नजिकैको भागमा चोट लागेको बताइएको छ । साथै उनको २५ मिनेट को मेडिकल चेकजाँच र आराम पछि पुन स्टेज मा ल्याइएको थियो ।

त्यस्तै, टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली 😢💔 कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ 🙏

जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, 'ती बोतल प्रहार गर्नेहरू माओवादी हुन् भन्दै थिए ।

रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूत माथि बोत्तल प्रहार, थुक्क हामी नेपाली 😢💔 कलाकार भनेको रास्ट्रको गहना हो सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ 🙏 pic.twitter.com/b63piDOVD9

— Puspak Thapa (@HkPuspak) June 26, 2023