बालेन भन्छन्–‘अदालत र सरकार भारतको गुलाम बने, भारतीय फिल्म चल्न दिइनेछैन’


उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिदै सेन्सर बोर्डले पास गरेका फिल्महरुको रिलिज नरोक्न आदेश दिएको छ । 

उच्च अदालतको आदेश सार्वजनिक भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म चल्न नदिने अडान कायमै राखेका छन् । 

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको वुझिन्छ । यसका लागि जुनसुकै सजायँ भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेनले ‘आदिपुरुष’को संवाद नसच्चिएसम्म अदालतको आदेशलाई समेत पालना नगर्ने बताएका छन् । योसँगै काठमाडौं महानगरमा भारतीय फिल्मको रिलिज फेरि अन्यौलमा परेको छ ।