भारतीय फिल्म रोक्ने बालेनको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’को एक संवाद नसच्चिएसम्म सम्पूर्ण भारतीय फिल्मलाई रोक लगाउने निर्णय गरे । यो निर्णयले प्रदर्शकहरुलाई समस्या भएको छ ।
बालेनको निर्णयको विरुद्धमा अन्तरिम आदेशको माग गर्दै उनीहरु आज उच्च अदालत, पाटन पुगेका छन् । बुधबार चलचित्र संघको तर्फबाट पाट उच्च अदालतमा रिट दायर भएको हो ।
प्रदर्शकहरुले बालेनको निर्णय कानुन विपरित भएको भन्दै अदालतको ढोका ढकढकाएका हुन् । उनीहरुले काठमाडौंका हलमा भारतीय फिल्म चलाउन दिनका लागि अन्तरिम आदेशको माग गरेका छन् । यो रिटमा भोलीको पेशी तोकिएको छ ।
प्रतिक्रिया