चुम्बन र बेड सिन छोट्याउनु भनेपछि ‘परस्त्री’को सेन्सर रोकियो
असारको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’ सेन्सर रोकिएको छ । आज बेलुकी चलचित्र सेन्सर बोर्डमा यसका सदस्यहरुले फिल्म हेरेपछि फिल्ममा समावेश केही दृश्य हटाउन र केही दृश्य छोटो बनाउन भनेपछि फिल्मको सेन्सर रोकिएको हो ।
फिल्मका वितरक करण श्रेष्ठले मेरो फिल्मसँग भने–‘सेन्सर बोर्डका सदस्यहरुले फिल्मका केही दृश्यहरुलाई छोटो बनाउन भन्नु भएको छ । फिल्ममा समावेश गरिएको चुम्बनको दृश्य र बेड सिनमा सेन्सर बोर्डका सदस्यहरुले आपत्ती जनाउनुभएको छ । फिल्मको मुल मर्म नै मर्ने गरि दृश्य काटेपछि हामीले के देखाउने ?’
निर्मात्री शर्मिला पाण्डेले पनि फिल्म भित्रका केही दृश्यहरुलाई लिएर सेन्सर बोर्डका सदस्यहरुले प्रश्न उठाएको बताइन् । उनले भनिन्–‘फिल्म भित्रका चुम्बन र बेड सिनको दृश्य लामो भयो, त्यसलाई छोटो बनाएर ल्याउनुहोस् भन्नुभयो । अब, कथा एउटा तरिकाले बगेको हुन्छ, दृश्य नै काटेपछि हामीले देखाउने कुरा के रहन्छ र ? यसैले, हामीले सर्टिफिकेट लिन मानेनौं ।’
फिल्म भित्र नायिका शिल्पा मास्के र नायक गौरव बिष्टका थुप्रै अन्तरंग दृश्य समावेश गरिएको छ । यस्तै, कोशिश र शिल्पा बिचको अन्तरंग दृश्य पनि समावेश छ ।
फिल्मको कथावस्तुलाई नै हानी हुने गरि दृश्य काटेर फिल्म देखाउनुको अर्थ नभएको भन्दै यसको निर्माणपक्षले सर्टिफिकेट लिन नमानेपछि सेन्सर रोकिएको हो ।
सुरज पाण्डेको निर्देशनमा तयार भएको फिल्मलाई लिएर फिल्मी बजार गर्मिएको छ । फिल्मलाई हिन्दी भाषामा समेत रिलिज गर्ने तयारी गरिएको छ । यसका लागि फिल्मको प्रिमियरमा सहभागी हुन यसको निर्माण र कलाकारको टिम शुक्रबार मुम्बई जाँदैछन् ।
किस सिन, बेड सिन नै छोटो भयो भन्नु न । आफ्नो लभरसँग संझदाखेरी हटाउनु भन्यो । सेन्सर बोर्डले पास नगर्ने भनेको भए म लिन्न भन्दिन । सर्टिफिकेट पनि दिएन भन्यो ।
प्रतिक्रिया