असार २२ मा 'रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड' हुने, सलमान अली आउँदै
रेडियो कान्तिपुरले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आगामी असार २२ गते राजधानीमा ‘ रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’ हुने भएको छ । आयोजकले राजधानीमा सोमबार पत्रकारमाझ अवार्डबारे जानकारी दिएको छ ।
रेडियो कान्तिपुरका कार्यक्रम निर्देशक भुपेन्द्र खड्काले २०७८ साल साउनदेखि २०७९ साल साउनसम्म एक वर्षको अवधिमा रेडियो कान्तिपुरबाट प्रसारण भएका गीतहरुबाट विभिन्न विधाअन्तर्गत उत्कृष्ट ५ जनाको मनोनयन छनोट गर्न विशेष जुरी निर्माण गरिएको बताए श्र ‘हामी चाँडै नै जुरीको निर्णय अनुसार मनोनयन सार्वजनिक गर्नेछौं । अवार्डका लागि ७५ स्रष्टाको मनोनयन, १५ विधा(लाइफटाइम अचिभमेन्ट अवार्डसहित १६), १५ जना भन्दा बढी कलाकारको सांगीतिक प्रस्तुति हुनेछ’, उनले भने ।
अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नव गायक÷गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पक गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् । त्यस्तै गीत संगीतका क्षेत्रमा लामो समयदेखि सेवा पु¥याउदै आएका एकजना मूर्धन्य सङ्गीतसाधकलाई लाइफ टाइम चिभमेन्ट अवार्ड प्रदान गरिनेछ । सो पुरस्कारको राशी १ लाख रुपैयाँ र ट्रफी रहेको छ । यस्तै श्रोताको सहभागितामा चयन हुने पिपल्स च्वाइस अवार्ड पनि स्रष्टालाई प्रदान गरिनेछ ।
कार्यक्रममा कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमका सिइओ शिशिर पछाईले अवार्डलाई भव्य र सभ्य बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘नेपाली गीत संगीतको श्रीवृद्धिमा रेडियो कान्तिपुरको प्रयासबारे जोकोही जानकार छन् । हामी अवार्ड कार्यक्रमलाई विशेष बनाउन चाहन्छौं’, उनले भने ।
यस वर्ष अवार्डमा प्रकाश सपुत, स्वप्न सुमन र समीर श्रेष्ठ, सुशान्त शिव परियार, सुवानी मोक्तान, सन्दिप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको सांगीतिक प्रस्तुति हुनेछ । यसपटकको अवार्डको आकर्षण ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली रहनेछन् ।
प्रतिक्रिया