बल्छी ध्रुवे, राजु मास्टरसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति

वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई गैप्रहरीले रकानुनी रुपमा अनलाइन जुवा खेलाइरहेको उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन्।

उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप प्रहरीले लगाएको छ।  ‘पक्राउ परेकाका ८ जनाले १० देखि ४० लाखसम्म रकम वान एक्स बेटबाट बुझेको भेटिएको छ’, ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाएका छौँ। थप अनुसन्धान भइरहेकाले अझै विस्तृत खुल्न बाँकी छ।’

प्रहरीले बुधबार पक्राउ परेको एउटा गिरोहमार्फत ‘वान एक्स बेट’बाट एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो।

विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले थप ६ दिनको म्याद लिएको छ।