दिवाकरको फिल्ममा दीपिकासँग रोमान्स गर्दै ‘नाई नभन्नु ल ६’का आर्शिवाद


निर्देशक दिवाकर भट्टराइले आफ्नै होम प्रोडक्शनमा नयाँ फिल्म बनाउने तयारी गरेका छन् । दिवाकरले बनाउन लागेको लभ स्टोरी फिल्मका लागि मुख्य नायक नायिका फाइनल भएका छन् । श्रोतका अनुसार, यो फिल्ममा दिवाकरले नायक आर्शिवाद क्षेत्रीलाई फाइनल गरेका छन् । फिल्म ‘नाई नभन्नु ल ६’मा काम गरेपछि आर्शिवादको चर्चा चुलिएको थियो ।

तर, बक्स अफिसमा यो फिल्मले पानी पनि भन्न नपाउँदा आर्शिवादको करिअर के हुने हो भन्ने टिप्पणी पनि भएको थियो । तर, आर्शिवादको कामलाई भने दर्शक र मिडियाकर्मीले रुचाए ।

जसकाकारण, आम मेकरको नजरमा आर्शिवाद परेका थिए । अब, उनै नायकलाई लिएर लभ स्टोरी फिल्ममा सफल मानिएका निर्देशक भट्टराइले फिल्म निर्देशन गर्न लागेका हुन् । 

यो फिल्ममा नायिकाको रुपमा दीपिका प्रसाँइले काम गर्नेछिन् । दीपिकाले फिल्म ‘ऐश्वर्य, छक्का पन्जा ३’ लगायतका सफल फिल्ममा काम गरेकी छिन् । निर्देशक भट्टराइसँग बिहे गरेपछि दीपिकाको फिल्ममा काम गर्ने गति कम भएको छ । तर, अब उनी आर्शिवादसँग रोमान्स गर्न तयार भएकी हुन् । 

आर्शिवादको एक्सन, डान्स उत्कृष्ट छ । उनले अभिनयमा भने आफूलाई सुधार गर्नुपर्ने टिप्पणी भएको थियो । दोश्रो फिल्मका लागि आर्शिवादले मिहिनेत गरे भने उनी नायकहरुको अभाव भएको बजारमा गतिलो विकल्पको रुपमा उदाउनेछन् ।