‘प्रेमगीत ३’पछि ‘परस्त्री’को हिन्दी भर्सन पनि नेपालमा रिलिज गर्ने तयारी
असारको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’को हिन्दी भर्सनलाई पनि नेपालमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यसअघि हिन्दी भर्सनमा फिल्म ‘प्रेमगीत ३’ रिलिज भएको थियो ।
अब, नेपालमा दर्शकले नेपाली र हिन्दी दुबै भाषामा फिल्म हेर्न पाउनेछन् । फिल्मको नेपाली र हिन्दी भाषाको ट्रेलर सार्वजनिक भैसकेको छ ।
निर्मात्री शर्मिला पाण्डेले फिल्मलाई दुबै भाषामा नेपालमा रिलिज गरिने जानकारी दिइन् । भारतमा भने यो फिल्म ७५० वटा हलमा हिन्दी भाषामा रिलिज हुने निर्मात्री पाण्डेको भनाई छ ।
फिल्मको प्रिमियर मुम्बइमा गर्ने तयारीमा यसको निर्माणपक्ष छ । सुरज पाण्डेको डेब्यू निर्देशनमा तयार भएको यो फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरब बिष्ट लगायतका कलाकारको अभिनय छ ।
फिल्मको ट्रेलरबाट दर्शक उत्साहित छन् । यो फिल्मलाई नेपालमा हिन्दी भाषामा रिलिज गर्दा हिन्दी फिल्मको मान्यता दिने वा नेपाली भन्ने बिषयमा विकास बोर्डमा छलफल भैरहेको छ ।
यसअघि ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्मकै मान्यता दिइएकाले यो फिल्मले पनि नेपाली फिल्मकै मान्यता पाउने संभावना बढी छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म उत्कृष्ट बनेको दाबी निर्माणपक्षको छ ।
प्रतिक्रिया