सांगीतिक कार्यक्रममा सहभागी हुन एक साताका लागि विदेश उडे पल

जेलबाट बाहिर निस्किएपछि नायक पल शाह पहिलो पटक सांगीतिक कार्यक्रममा सहभागी हुन विदेश उडेका छन् । उनी, आज नेपाल एयरलाइन्सबाट विदेश उडेका हुन् । 

जेलबाट निस्किएपछि पलले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । निरन्तर म्युजिक भिडियोमा काम गरेका पल शाहले एक सातालाई भिडियोको काम रोकेका हुन् । उनी, मलेसियासहित ३ वटा देशमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि उडेका हुन् । 

कामको कुरा गर्नुपर्दा पल शाह म्युजिक भिडियोमा व्यस्त छन् । उनले केही हप्ता अगाडि फिल्मको अफर लिएर निर्देशक दिनेश राउतकोमा पुगेका थिए । दिनेशसँग उनले नयाँ फिल्मका लागि काम गर्ने तयारी गरेका छन् । 

जेलबाट निस्किएपछि पलको माग स्टेज कार्यक्रममा पनि खुबै बढेको छ । उनी, दाङदेखि रुकुमसम्म आयोजना भएका विभिन्न महोत्वमा सहभागी हुन पुगेका थिए ।