अदितीलाई घरकै फिल्मको आशा


नायिका अदिती वुढाथोकी सामाजिक संजालमा सुपरहिट छिन् । उनको इन्स्टाग्राम फलोअर्स २२ लाख भन्दा बढी छन् । भारतमा रहेर मोडलिङ गरिरहेकी अदितीले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी छिन् । यसअर्थमा उनको मुम्बइको मोडलिङ यात्रा सुखद रुपमा अगाडि बढिरहेको छ भन्न सकिन्छ । 

तर, नेपालमा भने अदितीलाई अपेक्षित सफलता मिल्न सकेको छैन । जसकाकारण, उनी नेपाल भन्दा बढी मुम्बइमा नै रहन्छिन् । उनले अभिनय गरेको ‘कृ र बाबरी’ बक्स अफिसमा चिप्लिएपछि केही समस्या भएको हो । 

दोश्रो फिल्म ‘बाबरी’ उनको होम प्रोडक्शनको फिल्म हो । यो फिल्म पनि नचलेपछि अदितीले नयाँ फिल्म साइन गर्न सकेकी छैनन् । बरु, उनको होम प्रोडक्शनबाटै यो फिल्मको सिरिज बनाउने तयारी गरिएको छ । 

संभवत, अब अदितीले ‘बाबरी २’मा नै काम गर्नेछिन् । श्रोतका अनुसार, ‘बाबरी’का नायक धिरज मगरले पनि भदौमा ‘बाबरी २’को छायांकन सुरु हुने भन्दै अरु फिल्म साइन गर्न सकिरहेका छैनन् । यो फिल्मलाई यो बर्ष नै छायांकन गरेर रिलिज  गर्ने तयारीमा अदिती र उनको परिवार छ । 

अदितीले बाहिरी ब्यानरको फिल्ममा काम गर्ने मुड बनाएकी छैनन् । उनलाई आफ्नै घरको फिल्ममा बढी विश्वास भएको देखिन्छ ।