ज्ञानेन्द्रको जन्मदिनमा पूजा, रेखा र छविको सरप्राइज

नायिका पूजा शर्माले रेखा थापाको निर्माण तथा ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको एक अनटाइटल प्रोजेक्टमा काम गर्दैछिन् । यो फिल्मलाई उत्कृष्ट बनाउन निर्देशक देउजा पनि लागिपरेका छन् । उनी केही महिनादेखि स्क्रिप्टमा गम्भिर भएर लागिरहेका छन् । उनै, देउजा आज आफ्नो जन्मदिन मनाइरहेका छन् ।
फिल्म ‘झिंगे दाउ’पछि फिल्म क्षेत्रमा बलियो दोश्रो इनिङको सुरुवात गरेका उनको जन्मदिनको अवसरमा नायिका पूजा शर्मा र रेखा थापाले सरप्राइज दिएका छन् । एफडी कम्पनीमा पुगेर रेखा र पूजाले ज्ञानेन्द्रको जन्मदिन सेलिव्रेशन गरे ।
ज्ञानेन्द्रको जन्मदिनको केक काट्ने कार्यक्रममा निर्माता छविराज ओझा समेत सहभागी थिए । ज्ञानेन्द्रले छविकै निर्माणमा तयार हुन लागेको फिल्म ‘जेल ब्रेकर’ समेत निर्देशन गर्दैछन् ।
नायिका पूजा शर्मा र रेखा थापाको मित्रता पछिल्लो केही महिनायता बलियो बनेको छ । एकसाथ फिल्ममा काम गर्ने भएपछि यी दुई अझै नजिक भएका हुन् ।
यस्तै, निर्देशक देउजाले पनि पूजा र रेखाको मुख्य भूमिका रहने फिल्मका लागि आफूले निकै मिहिनेत गरिरहेको सुनाए । पूजा, रेखा र छविको सरप्राइज बर्थ डे केकले आफूलाई खुशी मिलेको उनको भनाई थियो ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया