पहिरनमा चुजी प्रियंका भारतीय अवार्डमा किन चुकिन् ?

नायिका प्रियंका कार्कीलाई दर्शकले उनको फिल्म, उनले गर्ने अभिनय भन्दा पनि उनको पहिरन, बेलाबखत उनले दिने अन्तरवार्ता र उनको विवादास्पद बयानहरूका कारण सम्झन्छन् ।

प्रियंकाले करिअरमा धेरै फिल्ममा काम गरे पनि सम्झनलायक फिल्मको सङ्ख्या भने कम छन् । सार्वजनिक कार्यक्रममा पुग्दा प्रियंकाले लगाउने पहिरन सधैँ नै चर्चामा रहन्छन् । उनलाई कस्तो स्थानमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने राम्रोसँग थाहा छ । यसैले, करिश्मा मानन्धरपछि पहिरनको मामलामा प्रियंका अगाडि रहेको टिप्पणी हुने गर्दछ । 

तर, आइतबार आयोजना भएको एक भारतीय अवार्डमा पुगेकी प्रियंका नराम्रोसँग चुकिन् । प्रियंकाले लगाउने पहिरनले उनको मात्र होइन, देशकै प्रतिनिधित्व गर्नुपर्ने थियो । तर, प्रियंका निकै सामान्य पहिरनमा पुगिन् र बलिउड कलाकार रञ्जित रेको हातबाट अवार्ड थापिन् । 

प्रियंकाले भारतीय अवार्डमा पुग्दा पहिरनमा किन यति हेलचक्राई गरिन् यो उनले नै जान्ने कुरा थियो । तर, देशकै एक चर्चित नायिकाले भारतका चर्चित कलाकारहरूको उपस्थिति रहेको मञ्चमा अवार्ड थाप्दै गर्दा उनले सिङ्गो फिल्म क्षेत्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, प्रियंकाको उपस्थितिले त्यो झल्को कहिबाट पनि दिएको थिएन । 

प्रियंका यस पटक पहिरनमा नराम्रोसँग चुकेकी छिन् । आशा गरौँ, आगामी दिनमा प्रियंका यो विषयमा सजग हुनेछिन् ।