लिम्बु कल्चरको फिल्म 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक

निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

लिम्बु कल्चरमा बनेको फिल्म श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। राई लिम्बु कल्चरलाई विशेष महत्त्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताए।

सार्वजनिक फर्स्ट लुकमा फिल्मका मुख्य पात्रलाई स्थान दिइएको छ। बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको छ। यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण फिल्म महोत्सव (NERUFF) मा प्रिमियर गरिनेछ।

किरण राईको निर्देशनमा बनेको फिल्ममा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङसह निर्माता रहेका छन्। पूर्वमा छायांकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको फिल्म 'लुङा'मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको शृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभूमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।