महाभारतका शकुनी मामा गुफीको निधन

महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिन यता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो ।
गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन् । उनको आज ४ बजे अन्तिम संस्कार गरिनेछ ।
एक साताअघिमात्र गुफीको स्वास्थ्यमा समस्या आएको थियो । त्यो समयमा उनी फरीदाबादमा थिए । त्यहाँको अस्पतालमा भर्ना भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई ल्याइएको थियो ।
गुफीले सन् १९७५ मा फिल्म ‘रफू चक्कर’बाट बलिउडमा डेब्यू गरेका थिए । ८० को दशकमा उनले कैयौं फिल्म र टेलिभिजन शोमा अभिनय गरे । यद्यपि उनले पहिचान भने सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट पाए । उनी पछिल्लोपटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा अभिनय गरेका थिए । अभिनयमा आउनुअघि उनी सेना थिए ।
उनले सानो भाई कन्वरजीतको भनाई मानेर सन् १९६९ मा मुम्बई आएका थिए । त्यहाँ उनले मोडलिङ र अभिनय सिकेपछि कैयौं फिल्ममा सहायक निर्देशकका रुपमा काम गरे । त्यही बेला उनले महाभारतमा कास्टिङ निर्देशकका रुपमा काम गर्ने मौका पाए ।
‘म महाभारतमा शकुनीको चरित्र निभाउनका लागि उपयुक्र्त अनुहारको खोजीमा थिएँ । मैले शोका लागि सबै कलाकारको अडिसन लिएँ । मैले यो भूमिकाका लागि तीन व्यक्तिलाई छनोट गरें । यही समयमा स्क्रिप्ट लेखक मासूम रजाले मलाई नै शकुनीको भूमिकामा अभिनय गर्न सल्लाह दिए । यसरी म महाभारतको शकुनी बनें’, उनले भनेका थिए ।

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

११ दिनमै ‘जवान’को कमाई ८ सय ५० करोड

कस्मिर फाइल्स, गदर-२ जस्ता फिल्म लोकप्रिय हुनु अत्यन्त डरलाग्दो र हानिकारक - नसर…

प्रतिक्रिया