भारतमा चम्किएका फिल्म नेपालमा चल्न छाडे

भारतीय बक्स अफिसमा ‘द केरला स्टोरी’ले २ सय करोड भन्दा बढी कमाइसकेको छ । कतिपयले यो फिल्मलाई प्रोपोगन्डा पनि भन्ने गरेका छन् । तर, भारतीय दर्शकलाई यो कुराले खासै असर गरेको छैन । उनीहरूले यो फिल्मप्रति निकै माया देखाए ।
तर, भारतमा गजबको व्यापार गरेको यो फिल्मलाई नेपालका वितरकले पनि राम्रै पैसा कमाउने उद्देश्यले खरिद गरे । तर, भारतीय बजारमा चम्किएको यो फिल्मले नेपाली बक्स अफिसमा कुनै कमाल गर्न सकेन । यो देखेर फिल्म किनेका वितरक निराश छन् ।
बिहिबारदेखि साउथको फिल्म ‘२०१८’ नेपाली बक्स अफिसमा चलिरहेको छ । यो फिल्मले साउथमा मात्र १६० करोड भन्दा बढी व्यापार गर्यो । फिल्मलाई हिन्दी भाषामा डब गरियो । नेपाली वितरकले पनि उत्कृष्ट समीक्षा आएको भन्दै यो फिल्मलाई नेपाली बजारमा भित्राए । तर, यो फिल्म हेर्ने दर्शक पनि नेपालमा खासै भेटिएनन् । केरलामा सन् २०१८ मा गएको विनाशकारी बाढी पहिरोको कथामा यो फिल्म बनाइएको छ । फिल्मको कथावस्तु र प्रस्तुति उत्कृष्ट भएपनि यसलाई नेपाली दर्शकले खासै रुची देखाएनन् ।
भारतमा चर्चामा आएका धेरै फिल्मले नेपाली बक्स अफिसमा कुनै कमाल गर्न सकिरहेका छैनन् । यसले, हिन्दी फिल्म ल्याएर नेपाली बजारबाट राम्रै कमाई गरिरहेका वितरकहरुलाई तनाव थपिदिएको छ ।
शुक्रबारदेखि रिलिज भएको विक्की कौशल र सारा अली खानको ‘जरा हट्के जरा बचके’ले पनि बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्मले ३ दिनमा २२ करोडको नेट कलेक्शन गर्दै बलिउड पण्डितहरुलाई नै अचम्मित बनाइदिएको छ । तर, यो फिल्मले नेपालमा दर्शक पाएन । नेपालमा यो फिल्म किनेका वितरकका लागि अर्को झट्का यसले दिएको छ ।
‘पुष्पा, आरआरआर, केजीएफ २, पठान’ जस्ता फिल्मलाई छाड्ने हो भने भारतमा राम्रो कमाई गरेका हिन्दी फिल्महरुको व्यापार नेपालमा सुखद छैन । दर्शकले भारतमा निकै नै चर्चा पाएका स्टार कलाकारहरुको बाहेक अरु फिल्ममा मन बनाएका छैनन् । यति सम्म कि, बलिउडका सुपरस्टार नायक सलमान खानको फिल्म ‘किसीका भाई किसीका जान’ले समेत नेपालमा कुनै कमाल गर्न सकेन । यसरीहेर्दा, विदेशी फिल्ममाथि लगानी गर्ने बिषयमा वितरकले नै अब धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ ।
हिन्दी फिल्म खरिद गर्दा बजेट बढ्नु तर हलमा दर्शक नआउनुले वितरकलाई भने गम्भिर हुनुपर्ने अवस्था श्रृजना गरेको छ ।

फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भ…

मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मोफसलका दर्शक फकाउँदै 'परदेशी २'

उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको का…

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

उषा रजकको आरोप–‘अनुप बरालको एक्टर्स स्टूडियो ‘दुषित ठाउँ’

प्रतिक्रिया