सांसद सोविताले कसिन् गृहेन्द्रसँग लगनगाँठो


साङ्गीतिक कार्यक्रम सप्तरंगको आयोजना गर्दै आएका व्यापारी गृहेन्द्र घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बिहे गरेकी छिन् । ३ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बैबाहिक जीवनमा परिणत गरेका छन् ।

चितवनको आफ्नो घरमा पूजा लगाएको समयमा गृहेन्द्रले सोवितालाई बेहुलीको रुपमा भित्र्याएका हुन् । बिहे गरे लगतै उनीहरू जापान जाने तयारीमा समेत छन् । 

गृहेन्द्रले संचालन गर्दै आएको गृष्मा ब्रोडकास्टिङले देश तथा विदेशमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । उनले फिल्म ‘न्यू इयर’ बनाउने तयारी समेत गरेका थिए । तर, यो फिल्म घोषणामा नै सीमित भयो । 

२८ बर्षकी सोभिता भने काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा निर्वाचनमा विजयी भएकी थिइन् । यसपछि उनको चर्चा चुलिएको थियो । सोभिता र गृहेन्द्रलाई वैवाहिक जीवनको शुभकामना ।