मेरो फिल्मकर्मी विजयलाई 'उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान'
प्रेस सेन्टर नेपालको ‘उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान’बाट मेरो फिल्मकर्मी विजय सुवेदी ‘आवाज’ पुरस्कृत भएका छन्।
शनिवार प्रेस सेन्टरको १९ औं साधारणसभा एवम् कृष्ण सेन ‘इच्छुक’ को २१ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एशोसिएट प्रदेशबाट विजय सुवेदी आवाज पुरस्कृत भएका हुन्।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट नेकपा माओवादी केन्द्र पार्टीकी स्थायी कमिटि सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रमाणपत्र प्रदान गरेकी हुन् । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार सुवेदी नेपाल चलचित्र पत्रकार संघको संगठन उपाध्यक्ष पनि हुन् ।
यो संगठन सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर प्रेस सेन्टर नेपालको २०६१ सालमा स्थापना भएको हो ।
विगत १२ वर्षदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार विजयसँग तराई टेलिभिजन, अनलाइनखबर, कान्तिपुर एफएममा पत्रकारिताको अनुभव छ ।
प्रतिक्रिया