सौगातलाई भ्याईनभ्याई, छाडे प्रदीपसँगको फिल्म


नायक सौगात मल्लले केही दिन अगाडि मात्र फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकाएका छन् । यसपछि अब उनी फिल्म ‘अगत्स्य’को छायांकनको तयारीमा छन् । फिल्मको छायांकन केही दिनमा भारतबाट सुरु हुनेछ । 

फिल्मको सेड्यूल मिलाउन नै धौ धौ भएपछि नायक सौगात मल्लले दीपक वलीले निर्देशन गर्न लागेको फिल्म ‘कामिनो’ छाडेका छन् । यो फिल्मको छायांकन विभिन्न देशमा गर्ने तयारी दिपकको छ । यसका लागि उनी फिल्मका मुख्य नायक प्रदीप खड्कासँगै फिलिपिन्समा छन् । 

नायक र निर्देशक फिलिपिन्समा भएको समयमा नायक सौगात मल्ल भने यो फिल्मबाट बाहिरिएका छन् । फिल्म ‘अगस्त्य’मा उनी मुख्य भूमिकामा छन् । यसपछि, उनले किरण नेपालीको निर्माणमा बन्न लागेको फिल्म ‘हात्तीछाप’मा काम गर्दैछन् । उनले, अर्जुन कुमारको फिल्म ‘फाटेको जुत्ता’मा पनि काम गर्ने तयारी गरेका छन् । 

सौगात मल्लको हातमा फिल्मको लामो लाइनअप छ । यसैले, उनलाई कुन फिल्म गर्ने र कुन फिल्म छाड्ने भन्ने धौ धौ परिरहेको छ ।