जसिताको ‘हनी बनी’ छायांकनमै रोकियो, रिलिजको टुंगो छैन

नायिका जसिता गुरुङले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा काम गरेपछि लकडाउन लगतै अर्को एउटा फिल्ममा पनि काम गरेकी थिइन् । फिल्मको नाम थियो ‘हनी बनी’ । यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरिरहेका छन् ।
लण्डनमा सुटिङ भएको यो फिल्मको सुरुवातमा नायक अनमोल केसी र नायिका सारा सिर्पाली फाइनल भएका थिए । तर, साराको लण्डनको भिजा नलागेपछि अनमोल र सारा दुबैले फिल्मबाट हात झिके । पछि, दिवाकरले जसितालाई लिएर यो फिल्म बनाएका थिए ।
तर, यो फिल्म छायांकनमै रोकिएको छ । लण्डनको छायांकन सकिएपनि नेपालको छायांकन हुनै बाँकी छ । यो काम कहिले सुरु हुन्छ पक्का छैन । दिवाकरले यो बिषयमा भने–‘अब आफ्नै प्रोडक्शनको नयाँ फिल्मको तयारीमा छु । अब, मेरो घरको फिल्म सकिएपछि मात्र हनी बनीको छायांकन सुरु हुनेछ । यसका लागि समय लाग्छ ।’
एबी प्रोडक्शनको ब्यानरमा बनेको फिल्मको छायांकनको काम नै बाँकी रहेकाले यो फिल्म रिलिज कहिले होला भन्न सकिने अवस्थामा छैन । एबी प्रोडक्शनले नै बनाएको अर्को फिल्म ‘लण्डन टू पेरिस’को पनि रिलिज टुंगो लागेको छैन ।
नायिका जसिता गुरुङले भने फिल्म ‘फर्की फर्की’ साइन गरेकी छिन् । यो फिल्मको छायांकन भदौबाट सुरु हुने बताइएपनि पक्का छैन ।

ज्ञानेन्द्रको जन्मदिनमा पूजा, रेखा र छविको सरप्राइज

लक्ष्मण सुनारको निर्देशनमा ‘फनफनी’ बन्ने
मीराः स्याडो अफ अ रेन्बोबाट आशावादी निशान

लिम्बु कल्चरको फिल्म 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक

भारतमा चम्किएका फिल्म नेपालमा चल्न छाडे

प्रतिक्रिया