मुना रिजालले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने

गत जेठ ४ गते राजधानीमा भव्यताका साथ सम्पन्न मिस हेरिटेज ग्लोबल नेपाल २०२३ को ताज चुमेकी चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
उक्त प्रतियोगीताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन्। मुनाले उक्त प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्ने छिन्। यसका साथमा उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने सो अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।
मिस हेरिटेज ग्लोबल नेपालका नेशनल डाईरेक्टर उद्धव अधिकारीले संसारभरका सुन्दरीले स्पर्धा गर्ने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा मुनाले नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु मुलुककै लागि गौरवको विषय भएको बताए। ‘नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याउने छिन् भन्ने हामीले विश्वास लिएका छौँ, यो प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छौँ। मिस हेरिटेज ग्लोबल नेपालका तर्पmबाट मुनालाई उनको आगामी यात्रामा सर्वथा सफलताका लागि शुभकामना दिन चाहन्छु,’ अधिकारीले भने।
भारतको बेंगलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँको राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन्। मोडलिङमा समेत सफल रहँदै आएकी उनले ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता मिस हेरिटेज ग्लोबलको ग्राण्ड फिनालेमा दरिलो रूपमा उभ्याउनका लागि विभिन्न खालका तालिममार्फत आफूलाई तयारी गर्दै आएकी छिन्।
मिस हेरिटेज ग्लोबल नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षणमा सहयोग पु¥याउनुका साथै युवतीहरूलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ। मिस हेरिटेज ग्लोबल नेपालले विभिन्न कार्यक्रममार्फत सांस्कृतिक संरक्षण, सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरणलाई बढावा दिँदै आइरहेको छ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_x020gol1mK_3mjehypmyzv3cpsndr02ltate4f8rd8ajslrnkv1fgsyorkzczeqhenzppre.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया