फरक भूमिका पर्खदै आकाश, के मेकरले पत्याउलान् ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Aakash-Shrestha_W2j4zJguh8_dg2rns7ibomdcajhe2nccgrwd6mc9ou1lx9pfuaeoonsqzysveln356e6qry_RgnHcyUHVZ_nseg1cdyxc16kno2zyophr05mpvnwta5dsoenjrz0galkuvq8f1aeu5docea.jpg)
नायक आकाश श्रेष्ठको चर्चा जती लुक्सका कारण हुन्छ, अभिनयका कारण कहिले हुन सकेन । उनले ‘म त तिम्रै हुँ’देखि ‘सम्हालिन्छ कहिले मन’सम्म आइपुग्दा आधा दर्जन बढी फिल्ममा काम गरे । तर, उनले यी सबै फिल्ममा गरेको अभिनयले न त दर्शकको मन जित्यो न त समीक्षकको नै ।
बरु, उनको अभिनय एकै खालको भएको टिप्पणी भैरहेको छ । गतबर्ष रिलिज भएका २ फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा कमजोर व्यापार गरेपछि आकाशमाथि लगानी गर्ने निर्माता पनि छैनन् । यी दुबै फिल्म कोभिड अगाडि छायांकन भएका हुन् । यसरीहेर्दा, आकाशले फिल्मका लागि एक्सन र कट नसुनेको पनि २ बर्ष बढी भैसकेको छ । उनले पहिलो लकडाउनपछि फिल्म ‘हिड्दा हिड्दै’मा काम गरे । तर, यो फिल्म पनि रिलिज हुने कुनै संभावना नै छैन । वुझिएअनुसार त यो फिल्मको छायांकन पनि पुरा भएको छैन ।
उनै, आकाशले आफू नयाँ लुक्समा देखिन र फरक शैलीमा दर्शकमाझ आउनका लागि वर्कआउट गरिरहेको बताएका छन् । उनले, दर्शकलाई आफूहरुले गर्ने काम स्वभाविक लाग्नुपर्ने र कुनै पनि चरित्रलाई न्याय गर्न सक्नुपर्ने बताए । आकाशले आफू फरक खालको भूमिकामा काम गर्ने सोचका साथ अगाडि बढेको र त्यस्तै खालको कथा खोजेको बताएका छन् ।
हुनत, धेरै कलाकारले फिल्म नपाएपछि फरक भूमिका खोजेकाले अफर आएका फिल्म छाडेको जवाफ दिदै आएका छन् । सायद, आकाशको जवाफ पनि यसकै निरन्तरता हुन सक्छ ।
तर, अहिलेसम्म फरक भूमिका गर्न नसकेको, नायिका पूजा शर्माका कारण चलेको भन्ने जस्ता आरोप भोगेका आकाशले आफूलाई फरक तरिकाले प्रस्तुत गर्न सके भने उनको करिअरका लागि नै सुनमा सुगन्ध हुनेछ ।
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_b09OPmJCwA_9axxqop5jmjyffnl5rehl5rpdgnqh129hdbhfjfc80gv6ddsbekhpcijnth1.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_iJicnpcDnd_i84uypkbq6xtzpc32ogzew9g5cloctcyhzsav02bcgqzhj3pckvrvodeafua.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_vtE0VHt3fo_ygqamvedyujtqo35c55lowjjsjegsj8a3obq3evhjz31q2jfugfdulqidedx.jpg)
ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी
![‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेमा आशावादी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/dhrub%2520neupane_NE9P9MWUK4_st8al7hqk69rkpsacuadwztefy59sp9t0xwhvwqfx04fbbmwibeuvrdky5ez_CdqP9yI687_lhtxtgz3deim6dos71tpgr27tbkiqppynt3yviuwenkggq9v5yvne6qaguy3.jpg)
‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेम…
![‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’](https://snowberry.prixacdn.net/media/gallery_folder/tandabam_ot8W0UdpUu_c4hevwf9gq8605ckwmssxa7wrdkdmafv97meaetnw38u75oydtw1twschryl_c5BtEDkaKX_o58amez6orgaghxewvzbdsevpgyzqfg6fhsowjrzqiq8t8fb9yraouclytps.jpg)
‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’
![हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !](https://snowberry.prixacdn.net/media/gallery_folder/hamro%2520moviies_Hf24RURrV9_skqrsy7ko5iwatcv7bbrfgasqum08j1ngjbsbjjgq07q7iap0y6lec5mtuhg_UcPWoSB7A6_ssllum4z9hbjkynnetuyj1wehnnc2xehkbasl6g1ka7buf5mmykb4wijvtyk.jpeg)
हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !
![‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/balen%2520new%2520song_lH2jyTr0g3_sik3rxdio2h7j4rnydhpu6fvmicol00xkbb2pcuklmvryqic2krq9dqphykp_ymdgP05hoF_ledynzve0nkaxrnk6lcib1anvebxy0hcwgn0l5k5izfls6cwr1uzyvpwkx3e.jpg)
‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
![तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulsi_Ghimire_jZVXFeKYqU_g0ziccfduuh2nvqzcdwxqym748cjbbohjgrr9cuzcchvwih4sxjwdqb1tnpx_c7tYtbJyAT_elsfcskbpzccejzrhee8cmpucq12gaq0txu0siwbexuw0lfz8ss5xycks667.png)
प्रतिक्रिया