सबिनको प्रेमिका अनुलाई समर्पित गीत ‘तिमी टाढा’

अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गरेका छन् । सबिनको यो डेब्यू निर्देशन हो ।

गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको संगीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सबिन र अनु नै फिचर्ड छन् । गोदावरीमा छायांकन गरिएको भिडियोमा सबिन र अनुको खुलेको प्रेम देखाइएको छ । उनीहरु निकै रोमान्टिक मुडमा छन् ।

भिडियोमा चिरायु शाक्यको छायांकन, वीरबहादुर थारुको सम्पादन र कलर, कविराज गहतराजको कोरियोग्राफी छ । भिडियोका कार्यकारी निर्माता रविन आचार्य हुन् । भिडियो सबिन श्रेष्ठ भ्लग्स च्यानलबाट सार्वजनिक गरिएको छ ।