सरकारको नीति : फिल्म पर्यटनदेखि अत्याधुनिक इनडोर स्टुडियो निर्माणलाई तीव्रता दिने सम्म
सरकारले पर्यटनको प्रवर्धनका लागि विदेशी फिल्म नेपालमा शुटिङ गर्न प्रोत्साहित गर्ने नीति लिएको छ । साथै चर्चित व्यक्तिलाई नेपालमा बोलाएर पर्यटकलाई आकर्षित गर्ने नीति सरकारले अघि सारेको छ ।
शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सहासिक पर्यटनका नयाँ विधा प्रवर्धन गर्ने, फिल्म पर्यटनको विकास गरी विदेशी फिल्म नेपालमा छायांकन गर्ने, चर्चित व्यक्तिलाई बोलाएर पर्यटन प्रवर्धन गर्ने र सगरमाथा विशेष सम्मान कार्यक्रम गर्ने योजना अगाडि सारिएका छन् ।
अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, सरकारले काभ्रेपलाञ्चोकको बनेपामा बन्न लागेको अत्याधुनिक इनडोर स्टुडियोको निर्माणलाई तीव्रता दिने भएको छ ।
अत्याधुनिक इण्डोर फिल्म स्टुडियो निर्माण कार्यलाई तीव्रता दिने जनाइएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टामैत्री हुने गरि परिमार्जन गरिने भएको छ । समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्राथमिकता दिइने भएको छ ।
प्रतिक्रिया