रानीको ‘झिप परेली’ किरण र दीपाश्रीको रोमान्सा

गायिका रानी शाक्य र गायक संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिप परेली’ सार्वजनिक भएको छ । 

डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ । गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।

मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायांकन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन् ।