फ्रेस रिलिजमा ‘डाकिनी र ए साथी सुन’
फ्रेस रिलिज अन्तर्गत आज शुक्रबारदेखि २ नेपाली फिल्म हलमा लागेका छन् । राम राघव आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘ए साथी सुन’ आजबाट हलमा लागेको हो । क्राइम थ्रिलर कथामा तयार भएको यो फिल्ममा वर्षा सिवाकोटी, रमेश बानियाँ र बिमला गिरीको मुख्य भूमिका छ ।
प्रचारप्रसारविना नै रिलिजमा आएको यो फिल्मलाई प्रदर्शकहरुले निकै कम शोज उपलब्ध गराएका छन् । यो फिल्मले २१ वर्षका युवा र २३ बर्षकी यूवति बीचको प्रेम कथालाई उठान गरेको छ ।
यो फिल्मलाई खिन्से नोर्बुले निर्देशन गरेका हुन् । षट्कोण आर्टस्ले निर्माण गरेको यो फिल्म सिमित हलमा मात्र रिलिज गरिएको छ । फिल्म रिलिजको एक दिन अगाडि कलाकार रविन्द्र सिंह बानियाँको गेटअप पनि सार्वजनिक भएको थियोे । यो फिल्मलाई ट्राइबेका, ओसाका लगायतका विश्वका चर्चित महोत्सवहरुमा रिलिज समेत गरिएको छ ।
यी बाहेक हलिउड फिल्म ‘फास्ट एक्स’ पनि आजबाट रिलिजमा आएको छ । मल्टिप्लेक्समा यो फिल्मको बुकिङ भने सुखद छ । यस्तै, अन्य ६ वटा पुराना फिल्महरु पनि हलमा लागिरहेका छन् । ‘जारी’पछि नेपाली फिल्म हलहरुमा दर्शकको चाप सुखद छैन । यसैले, आज रिलिज भएका फिल्ममा दुखिने फुटफल प्रदर्शक र फिल्म क्षेत्रकै लागि महत्वपूर्ण छन् ।
प्रतिक्रिया