सन्तोष सेनको प्रश्न–‘सामान्य प्राविधिक ज्ञानसम्म नभएकाहरु के जुरी बन्छौं हो ?’


निर्देशक तथा निर्माता सन्तोष सेनले नेपालमा आयोजना हुने जुरीहरुमाथि प्रश्न उठाएका छन् । सामान्य प्राविधिक ज्ञानसम्म नभएकाहरु जुरी बनेको भन्दै उनले प्रश्न उठाएका छन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेका छन्–‘फोहोरी, गोबर, गरिवी, दुःखै–दुःखको भण्डारलाई मात्र कला ठान्ने प्रशस्त दिग्गज भनाउँदा छन् यहाँ । जसले गर्दा केही गर्छु केही देखाउँछु भन्ने प्रतिभाहरू यहाँ निरूत्साहित हुँदै गएका छन् । सामान्य तार मेटाउनेलाई यहाँ भीएफएक्सको संज्ञा दिएर पुरस्कार दिइन्छ । कुवामा भुत् भुत् नगरौँ ।’

सन्तोषले आफू निर्देशित फिल्म ‘प्रेमगीत ३’को भीएफएक्सका दृश्यहरु समेत सामाजिक संजालमा पोष्ट गरेका छन् । 

नेपालमा विशेष गरि, गरिवी र दुखै दुख देखाएका दृश्यलाई मात्र कला मान्ने गरिन्छ । जसले गर्दा, प्राविधिक रुपमा काम गर्न उत्साहित भएकाहरू निरूत्साहित हुँदै गएका छन् ।