एक बर्षमा मिरुनाको फिल्मले गर्यो ४० करोडको व्यापार
नायिका मिरुना मगरले फिल्म ‘लालपूर्जा’बाट करिअरको सुरुवात गरिन् । यो फिल्मले बक्स अफिसमा पानी पनि भन्न नपाएपछि उनको करिअर के होला भन्ने प्रश्न उठ्यो । यसपछि, उनले फिल्म ‘रोज’मा काम गरिन् । नायक प्रदीप खड्कासँग काम गरेपछि त उनको करिअर उभो लाग्छ भन्ने धेरैको आशा थियो । तर, यो फिल्म नचलेपछि फेरि मिरुनालाई समस्या भयो ।
यसपछि भने मिरुनाले ‘कबड्डी ४’मा काम गरेपछि उनको करिअर रातारात चम्किएको छ । मिरुना मगर फिल्म क्षेत्रको डिमाण्डेड नायिका बनेकी छिन् । उनले अभिनय गरेको यो फिल्मले गतबर्ष २२ करोड माथिको ग्रस कलेक्शन गर्यो । फिल्म सुपरहिट हुँदा मिरुनाको हातमा पनि फिल्म परिरहेको छ ।
यो बर्ष फेरि मिरुनाका लागि लक लाग्यो । उनको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ले बक्स अफिसमा १८ करोड हारहारीको व्यापार गरेको छ । यो फिल्म पनि बक्स अफिसमा ब्लकबस्टर भएपछि उनको माग ह्वात्तै बढेको छ । एक बर्षको अन्तरमै मिरुनाका फिल्मले ४० करोड ग्रस कलेक्शन गरिसकेका छन् ।
भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नांगो गाउँ’ले पनि सुखद व्यापार गर्ने अड्कल अहिले बाट नै सुरु भइसकेको छ ।
मिरुनाको अभिनयलाई दर्शकले रुचाएका छन् । अहिले सामाजिक संजालमा पनि मिरुनाको विषयमा सकारात्मक प्रतिक्रिया खुबै देख्न सकिन्छ ।
प्रतिक्रिया