दीपेन्द्र लामाको हातमा अवार्ड पनि फिल्म पनि
शुक्रबार आयोजना भएको ‘सिने सर्कल’ अवार्डमा निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘गोपी’ले सर्वाधिक धेरै अवार्ड जित्यो । वि.सं २०७७ सालमा रिलिज भएको यो फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट नायक, उत्कृष्ट पटकथा लगायतका विधामा अवार्ड जित्यो ।
विदेश जानु भन्दा देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको यो फिल्मलाई देशका विभिन्न ठाउँमा राज्यले नै चलाउनुपर्ने दाबी अवार्ड आयोजक संस्थाका प्रमुख दिनेश डीसीको थियो ।
यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्र लामा निर्देशित यो फिल्मले व्यवासयिक रुपमा सफलता नपाएपनि जुरीको साथ भने पायो ।
निर्देशक लामाले यो फिल्मपछि ‘छ माया छपक्कै, २ नम्बरी’ जस्ता सुपरहिट फिल्म दर्शकलाई दिइसकेका छन् । दीपेन्द्र लामाको हातमा अवार्ड मात्र होइन, फिल्मको पनि अभाव छैन । उनले निर्देशन गरेको नयाँ फिल्म ‘नांगो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई लिएर फिल्म क्षेत्रमा प्रतिक्षा र आशा दुबै छ ।
अर्कोतिर, दीपेन्द्रले अर्को एक अनटाइटल प्रोजेक्ट पनि साइन गरिसकेका छन् । संभवत, उनी फिल्म ‘नांगो गाउँ’पछि सो फिल्मको निर्देशनमा व्यस्त हुनेछन् । यसरीहेर्दा, निर्देशक लामाको हातमा फिल्मको पनि कमी छैन ।
रंग पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लामाले आफ्ना फिल्ममा सामाजिक सन्देशलाई सधै नै जोड्ने गरेका छन् । यसैले, पनि उनका फिल्मले दर्शकको साथ पाइरहेका छन् ।
प्रतिक्रिया