बहुपति प्रथामा आधारित फिल्म 'टुल्की' को ट्रेलर सार्वजनिक

आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ । सार्वजनिक ट्रेलरमा एउटा केटीको लागी धेरै जना दाजु भाईले नै बिवाह गर्दा आइ पर्ने झमेलालाई देखाउन खोजिएको छ।

‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मले सामाजिक यथार्थ कथा बोल्ने फिल्मका निर्माता शेखर लामाले जानकारी दिए। हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो । फिल्म निर्देशन देव थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् ।

बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । फिल्ममा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।