‘सिने सर्कल अवार्ड’मा उत्कृष्ट भएकी केकी ‘नेफ्टा अवार्ड’को टप ५ मै परिनन्

आइतबार काठमाडौंको सोल्टी होटलमा तामझामका साथ आयोजना भएको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ नायिकातर्फ स्वस्तिमा खड्कादेखि अरुण कार्कीसम्म छन् । 
यो विधामा स्वस्तिमा खड्का, अरुणा कार्की, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान, मिरुना मगर उत्कृष्ट ५ मा परेका छन् । 

रोचक कुरा त के छ भने, २ दिन अगाडि मात्र काठमाडौंको आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा फिल्म ‘झिंगे दाउ’बाट नायिका केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । तर, २ दिनपछि सोल्टी होटलमा आयोजना भएको ‘नेफ्टा अवार्ड’को ११ औं सस्करणमा भने उनको नाम समेत छैन । जबकी, यही फिल्मबाट निर्देशक ज्ञानेन्द्र देउजा उत्कृष्ट ५ को नोमिनेशनमा छन् । 

निर्देशक उत्कृष्ट ५ मा पर्दा उनले निर्देशन गरेको फिल्मले फेरि उत्कृष्ट ५ फिल्मको विधामा स्थान पाएको छैन । 

अवार्डको आयोजक फरक, जुरी फरक हुने भएकाले पनि सबै ठाउँमा एउटै कलाकारले जित्छन् भन्ने होइन । तर, एउटा अवार्डमा उत्कृष्ट हुने कलाकार अर्को अवार्डको उत्कृष्ट ५ मा समेत नपर्नु आफैमा हाँस्यास्पद हो ।