सुनिलले ल्याए ‘झुम्कावाली’

केही समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । सुनिल कटुवाल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्यसँगै मोडल आभा थापा फिचरिङ छिन् ।

सफल गीतका सर्जक कटुवालले गत महिना मात्रै ‘जब नजिक’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतमा बोल्ड मोडलका रुपमा चिनिएकी मोडल अनिशा पोखरेल र गायक कटुवालसँगै श्रेया ज्ञवाली र दिपिका तामाङले प्रस्तुत गरिएका छन् छन् ।

भीमफेदी गाईजसँग सहकार्य गर्न पाउदा खुशी लागेको गायक कटवालले प्रतिक्रिया दिए। उनले भने,’झुम्कावालीले दर्शक स्रोताको मन जित्नेमा विश्वस्त छु। दर्शकको अपेक्षाअनुसार कै गीतसंगीतमार्फत आगामी दिनमा समेत प्रस्तूत हुनेछु। उहाँले मेरो गीतसंगीतलाई दिईरहनु भएको माया नै मेरो मार्गदर्शन हो।’

गीतमा किरण के उप्रेतीको शब्द,पुष्कर सुनुवारको संगीत संयोजन,पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भीमफेदी गाईजका निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोमा सपना लम्साल र मन्जु रानाको मेकअप रहेको छ। साथै, अष्ट्रेलियाको छायाँकन राजीब बस्नेतले गरेका हुन् । गायक कटुवालको ‘कपुरी क’, ‘ताराबाजी लै लै’, ‘मुखैमा राम(राम’, ‘केटो अलि कमाउने होस’, ‘डाडँ कटौला’ लगायतका गीतहरु चर्चित छन् ।