सिंगापुरमा हट आँचल


यो बर्षको  सुरुवातमै फिल्म ‘नाई नभन्नु ल ६’ असफल भएपछि नायिका आँचल शर्मा तनावमा छिन् । आँचलको मुख्य भूमिका रहेको यो फिल्म असफल भएपछि उनको करिअर अब अगाडि कसरी बढ्छ भन्ने टिप्पणी समेत भइरहेको छ । 

तर, आँचल भने फिल्म फ्लप भएपछि भइरहेको तनावलाई भुल्न सिंगापुर पुगेकी छिन् । सिंगापुरमा पुगेर आँचलले  स्विमिङ पुलमा रमाउँदै गरेको फोटो सार्वजनिक गरेकी छिन् ।

सामाजिक संजाल इन्स्टा ग्राममा आँचलले पोष्ट गरेका तस्विरमा विभिन्न खालका प्रतिक्रिया पनि आइरहेका छन् । कतिपयले आँचलको तस्विरलाई रुचाएका छन् भने कतिपयले आँचल धेरै दुब्लाएको भन्दै आलोचना पनि गरिरहेका छन् । 

तर, आँचल भने सिंगापुर होलिडेमा विन्दास देखिएकी छिन् । फिल्म प्रचारका क्रममा पनि आँचलको भूमिका र काम भन्दा उनको फिगरको चर्चा बढी भएको थियो । आँचलले सिंगापुर पुगेर आफ्नो फिगरको अझै बढी चर्चा होस् भन्ने चाहेको देखिन्छ ।