नवल खड्का भन्छन्–‘सिमाना बिबादलाई समाधान गर्न ‘काँडेतार’ बनाएको हुँ’
फिल्म ‘काँडेतार’लाई चलचित्र सेन्सर बोर्डले रोकेको भन्दै आक्रोशित बनेका यसका निर्माता तथा निर्देशक नवल खड्काले दोश्रो पटक आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा नवलले सेन्सर बोर्ड र सरकारको कदमप्रति आक्रोश पोखेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक खड्काले नेपाल र भारतको सिमानामा काँडेतार लगाउँदा दुबै देशको सम्बन्ध अझै प्रगाढ बन्ने उद्देश्यले आफूले फिल्म निर्माण गरेको जिकिर गरे ।
उनले भने–‘हामीले कोहीसँग बादबिबाद गर्न यो फिल्म बनाएका होइनौं । बरु, दुई देशबिच सिमानाको बिषयलाई लिएर बारम्बार हुने बिबादलाई नै निमिट्यान्न पार्ने उद्देश्यले यो कोण सही हुन्छ भनेर फिल्म बनाएका हौं ।’
पत्रकार सम्मेलनमा नवलले भनेका कुरा, उनकै शब्दमाः
देश अथवा तीन देश बीचको हाम्रो सम्बन्ध जुन छ त्यो सम्बन्ध सुमधुर हुन्छ, अझै प्रगाढ हुन्छ भन्ने उद्देश्यले हामीले यो फिल्म बनाएका हौं । न कि कोहीसँग झगडा गर्न कोहीसँग वादविवाद गर्न होइन । भएको बादविवाद पनि निमिट्यान्न पार्ने उद्देश्यले यो सबैभन्दा उपायुक्त उपाय हुन्छ भन्ने लागेर यो फिल्म बनाएका हौं ।
‘काँडेतार’ फिल्म बनाउनुको हाम्रो मुख्य उद्देश्य भनेको यो राष्ट्रिय विषयमा बहस होस् अन्तराष्ट्रिय रुपमा बहस होस्, दुर दराजका गाँउ बस्तिहरुमा यसको बहस होस्, संसदमा यस्तो बहस होस्, हाम्रो मुलुक बचाउनको लागि सानो भूगोल बचाउनको निम्ती सानो भूगोल भित्र बस्नेको निम्ती हामी जो नेपालीहरु छौं तिनिहरुलाई बचाउनको निम्ती अब सिमानामा सके पर्खाल सहितको ‘काँडेतार’ लगाऔं । त्यसमा करेन्ट प्रवाह गरौं । होइन भने, जंगे पिल्लरलाई आधार स्तम्भ मानेर सिमानामा काँडेतार बार लगाऔं र हाम्रो गुमेको भूमी जुन छ त्यसलाई थप संघर्षबाट प्राप्त गर्नु पर्छ ।
हामीले नसकेपनि भावी पिढींले सक्ने छ भन्ने खालको भाव बोकेको फिल्म हो काँडेतार । तर यो फिल्म बनाउनको निम्ती जब मैले यसको छायाकंन स्थल निरिक्षण गरेँ, त्यो ठाउँमा एउटा दृश्य चै खुल्ला सिमाना हुँदा पारीबाट आएर नेपालको मान्छेलाई हत्या गरेर आतंक मच्चाएर भाग्ने परिपाटी रहेछ । यो दृश्य खिच्नु पर्यो भनेर मैले त्यसका लागि ठाउँ हेरी रहेको थिएँ । यो सुनसरीको घटना हो । तर त्यही समयमा ठ्याकै त्यही अनुसारको घटना बास्तविक रुपमै घट्यो ।
म अगाडी बसेर खिचिरहेको थिएँ, ठ्याक्कै मेरो पछाडि सिमा पारीबाटै आएका मान्छेले गोली हानेर नेपालीको हत्या गरेँ । त्यो मान्छे त्यहाँ बाट भाग्यो र त्यस मान्छेलाई नेपाल प्रहरीले रोक्यो । एक जना असई र सिपाइले रोक्दै गर्दा ती दुवै जनालाई गोली हानेर त्यहाँबाट त्यो बोर्डर पार गरेर अपराधी भाग्यो । सायद त्यो घटना पछि के भयो अहिले मलाई थाहा छैन । त्यसपछि त्यो भिडियो खिचेर मेरो सामाजिक संजालमा हालेँ । मैले त्यहाँको सिडियोलाई पनि यो कुराको जानकारी गराएँ । प्रहरीहरु २०–२५ मिनेट पछि आउनु भयो ।
पछि मलाई यहाँ तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले बोलाउनु भयो । त्यसपछि अर्को सुरक्षाविद् हुनुहुन्थ्यो, इन्द्रजित राई । उहाँले बोलानु भयो । उहाँले मलाई घटनाक्रमको बिषयमा पनि सोध्नुभयो । खासगरि मलाई के लाग्छ भने सरकारको सेवा सुविधा लिन पाइयो । सायद उहाँहरुले एउटा तिरले दुईवटा शिकार गर्नु भयो की भन्ने मलाई लाग्छ । उहाँहरुको आफ्नो केही थियो होला । अलग कुरा भो । मैले सुटिङ गर्ने कुराले त उहाँहरुले पनि त पछि लागि रहनु भएको थियो । सिआइडी त खटिरहेका छन् ।
प्रतिक्रिया