राजनीतिज्ञ राघवसँग मे १३ मा बिहे गर्दै परिणिती


बलिउड नायिका परिणिती चोपडा र राजनीतिज्ञ राघव चड्डा विगत केही दिनदेखि मिडियाको अगाडि एकसाथ देखिइरहेका छन् । उनीहरु एकसाथ देखिन थालेपछि उनीहरुको प्रेम चर्चा पनि चुलिएको छ । यसैबिच, अब यो जोडीले बिहे गर्ने पक्का भएको छ । 

भारतीय मिडियाका अनुसार, परिणती र आम आद्मी पार्टीका सांसद राघव मे १३ मा बिहे गर्ने तयारीमा छन् । उनीहरुले दिल्लीमा बिहे गर्न लागेका हुन् । यसका लागि १५० जना बलिउडकर्मी र राजनीतिकर्मीलाई निम्तो दिएको मिडियाको दाबी छ । 

यो बिषयमा यी दुइले केही पनि बोलेका छैनन् । तर, उनीहरु विगत केही बर्षदेखि डेटमा रमाइरहेका थिए । परिणितीको करिअरमा बलिउडमा खासै सुखद हुन सकेन । उनी अभिनित पछिल्लो फिल्म ‘उचाई’ले व्यवसायिक रुपमा राम्रै कमाई गरेको थियो ।