अर्जुन र समीक्षाको सहकार्यमा ‘लैजा सन्देश’


गायिका समीक्षा अधिकारीले एक बर्षमा भोगेका पीडाहरुलाई संगीतकार तथा गीतकार अर्जुन पोखरेलले शब्दमा उतारेका छन् । अर्जुनले तयार पारेको ‘लैजा सन्देश’ बोलको गीतमा समीक्षाले कर्णप्रिय स्वर दिएकी छिन् । 

अर्जुनले तयार पारेका शब्द मार्मिक छन् । समीक्षाले नै भोगेको जिन्दगीलाई उनले शब्दमा बुनेका छन् । त्यसलाई समीक्षाले भावनामा बगेर गाएकी छिन् । 

भिडियोलाई स्टूडियोमा नै छायांकन गरिएको छ । भिडियोमा समीक्षा मात्र फिचर्ड छन् । नवराज उप्रेतिले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । 

समीक्षाको गीतको शब्दले भन्छ–‘तिम्रो लागि दोष जति मैले सहिरहेँ, भित्र भित्रै मत मर्दै छु । तिम्ले वुझ्या छौकी छैनौ अझै पनि, म माया माया तिमीलाई गर्दै छु ।’