प्रभाष र कृतिको ‘आदिपुरुष’ ट्रेलर रिलिज, सुधारियो भीएफएक्स


जुनको १६ तारिखबाट रिलिज हुन लागेको बलिउडको प्रतिक्षित फिल्म ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । भगवान् रामको जीवनकथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा नायक प्रभाष देखिएका छन् । सीताको भूमिकामा नायिका कृति सेनन देखिएकी छिन् । फिल्ममा रावणको भूमिकामा भने नायक सैफअली खानलाई देख्न सकिन्छ । 

ओम राउतको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरमा भीएफएक्स सुधारिएको छ । यसअगाडि फिल्मको टिजर सार्वजनिक हुँदा भीएफएक्सको चर्को आलोचना भएको थियो । यसपछि, यसको मेकरले फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गर्दै एक सय करोड लगाएर भीएफएक्समा काम गरेको थियो । 

सार्वजनिक ट्रेलर भगवान् श्री रामको जीवनीलाई पर्दामा हेर्न चाहने दर्शकलाई उत्साहित बनाउनेछ । फिल्मको कथावस्तु नयाँ नभएपनि मेकिङले भने हलमा दर्शक तान्ने अपेक्षा गर्न सकिन्छ ।