सेप्टेम्बर ७ मा पुग्यो साहरुखको ‘जवान’


नायक साहरुख खान र नायिका नयनतारा अभिनित फिल्म ‘जवान’को प्रदर्शन मिति ३ महिना पोष्टपोन्ड गरिएको छ । भीएफएक्सको काम नसकिएको भन्दै प्रतिक्षित फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । अब, यो फिल्म सेप्टेम्बर ७ बाट विश्व बजारमा रिलिज हुनेछ । 

फिल्मको प्रदर्शन मिति घोषणा भिडियो र पोष्टर शनिबार सार्वजनिक गर्दै साहरुखले दर्शकलाई प्रतिक्षा गर्न आग्रह गरेका छन् । 

एट्लीको  निर्देशनमा तयार भएको फिल्ममा साहरुख खान, नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय छ । 

यो फिल्म यसअघि जुनको २ तारिखबाट रिलिज हुने बताइएको थियो । तर, अब जुन २ बाट फिल्म पोष्टपोन्ड भएपछि यो मितिमा साराअली खान र विक्की कौसल अभिनित फिल्म ‘लुकाछुपी २’ रिलिज हुने भएको छ ।