१० दिन ध्यान गर्न नेपाल आइपुगे आमिर खान
बलिउड नायक आमिर खान नेपाल आइपुगेका छन् । उनी, आज बिहान १० बजे भिस्तारा एयरलाइन्सबाट नेपाल आइपुगेका हुन् ।
आमिर १० दिनसम्म नेपालमा रहनेछन् । उनी बुढानिलकण्ठमा रहेको विपस्यना ध्यान केन्द्रको कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका हुन् । उनलाई व्यवसायीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
आमिर विमास्थलबाट सोझै ध्यान केन्द्रमा पुगेका छन् । आमिर यसअघि पनि नेपाल आइसकेका छन् । विशेषगरि, एक एनजीओको कार्यक्रममा सहभागी हुन उनी केही बर्ष अगाडि नेपाल आएका थिए ।
प्रतिक्रिया