पलबारे नाबालिका भन्छिन्–‘उहाँको मायाले बयान फेरेँ’


नायक पल शाहले एक बर्ष लामो जेल जीवन बिताए । एक नाबालिका गायिकाले बलात्कारको उजुरी दिएपछि पलले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए । तर, पछि उनै नाबालिका गायिकाले बयान फेरेपछि पल शाह उच्च अदालतको आदेशमा क्लिन चिट पाउँदै रिहा भए । 

पल शाह रिहाई भएपछि पहिलो पटक मिडियामा अन्तरवार्ता दिदै नाबालिका गायिकाले आफूले मायाले गर्दा बकपत्र फेरेको बयान दिएकी छिन् । द प्रकाश सुवेदी शोमा अन्तरवार्ता दिने क्रममा नाबालिका गायिकाले बारम्बार उहाँको मायाले भन्ने जवाफ दिएकी छिन् । 

बकपत्र किन परिवर्तन गर्नुभयो भन्ने प्रश्नमा उनले भनेकी छिन्–‘उहाँको मायाले । म गल्ती देखिएर भएपनि मैले उहाँलाई सही देखाउने काम गरेँ । यो सबै मायाले गर्दा हो ।’

गायिकाले पल शाह जेल गएपछि आफूलाई तथानाम गाली गरिएको र कैयौ पटक मर्ने कोशिश गरेको समेत बताएकी छिन् । तर, आफूले आफूलाई सम्हालेर अगाडि बढेको उनको भनाई छ । 
गायिकाले आफू सही भएको बारम्बार दोहोर्याएकी छिन् । तर, उनले बारम्बार पल शाहको मायाले गर्दा नै आफूले गाली सहेर पनि उनलाई सही देखाएको तर्क गरेकी छिन् । 

उनको यो बयानबाट के प्रष्ट हुन्छ भने, उनले दिएको उजुरी सही हुँदा हुँदै पनि उनी पलको मायाले पग्लिएको देखिन्छ । 

पल शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारको मुद्दामा साढे २ बर्षको जेल सजायँ सुनाएको थियो । तर, पछि उच्च अदालत पोखराले पल शाहलाई क्लिन चिट दिएको थियो । 

बालिकाले आफूलाई मुद्दा दायर गर्नका लागि एक जना नायिकाले बारम्बार भनेको समेत अन्तरवर्ताका क्रममा बोलेकी थिइन् । तर, उक्त दृश्य भने सम्पादन गरिएको वुझिएको छ ।