जुन २ बाट पोष्टपोन्ड भयो साहरुखको ‘जवान’


फिल्म ‘पठान’ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेपछि नायक साहरुख खान अभिनित नयाँ फिल्म ‘जवान’ प्रतिक्षित छ । किनकी, यो फिल्मका निर्देशकदेखि कलाकार सवै चर्चित छन् ।

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको फिल्म ‘जवान’मा साहरुख खान, नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मलाई जुनको २ तारिखबाट रिलिजमा ल्याउने तयारी साहरुख र एट्लीको थियो । तर, भीएफएक्सको काम सकिने संभावना नभएपछि तोकिएको मितिबाट फिल्म पछि हटेको छ ।

अब, साहरुखको यो फिल्म जुन २ बाट रिलिजमा नआउने पक्का भएको छ । 

भारतीय मिडियाका अनुसार, यो फिल्मलाई अगष्ट महिनामा रिलिज गर्ने तयारी मेकरको छ । मिडियाले अगष्टको २५ तारिखबाट फिल्म रिलिज हुन सक्ने उल्लेख गरेका छन् ।