एक सातामै हलबाट उत्रियो ‘नाई नभन्नु ल ६’


विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘नाई नभन्नु ल ६’ एक सातामै हलबाट उत्रिएको छ । यो फिल्मलाई भोलीबाट देशका मुख्य मल्टिप्लेक्सहरुले शो दिएका छैनन् । 

क्यूएफएक्स, वीग मुभिज, वान सिनेमाज् जस्ता हलहरुमा भोलिका लागि यो फिल्मको शोज उपलब्ध छैन । यसको अर्थ, भोलीबाट फिल्म हलबाट उतारिएको छ । 

बक्स अफिसमा निकै नै खराब व्यापार गरेका कारण यो फिल्मलाई हलबाट उतारिएको हो । यसअघिका पाँच वटा सिरिजले सुपरहिटको व्यापार गरे पनि छैटौँ सिरिजमा आएर निर्देशक आचार्य पछारिएका छन् । 

फिल्ममा आँचल शर्मा, आर्शीवाद क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । गतबर्ष फिल्म ‘झिँगे दाउ’ चलेपछि निकै नै उत्साहित भएकी नायिका आँचल शर्मालाई यो बर्षको सुरुवातमै झट्का लागेको छ । यदि, यो फिल्म चलेको भए आँचलका लागि ठूलो फाइदा हुने थियो । तर, हिट ब्रान्डलाई पनि आँचलको स्टारडमले जोगाउन सकेन । 

फिल्मले देश भरका हलबाट निर्माताको गोजीमा १० लाख पनि सेयर नदिने देखिएको छ ।