वर्षा र संजोगको तस्वीरले दिन खोजेको सन्देश


नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोग कोइरालाको सम्बन्धको चर्चाले बेलाबखत मिडियामा गसिप बनिरहेको छ । वर्षा आफैले पनि संजोगसँग् आफ्नो खटपट भएको बताएकी थिइन् । 

तर, केही दिन अगाडि उनले इन्स्टा ग्रामको स्टोरीमा पोष्ट गरेको ३ वटा विषयले खुबै चर्चा पायो । उनले, अब सहेर नबस्ने, छोरी मान्छेले मात्र यी सबै कुरा सहनुपर्ने हो भन्दै प्रश्न गरिन् । यसपछि फेरि उनी र संजोगबिचको सम्बन्ध बिग्रिएको खालको अड्कल बाजी चल्यो । 

तर, मोडल रियाशा दाहालको बिहेमा वर्षाले सन्जोगसँग मुस्कुराउँदै गरेको तस्विर पोष्ट गरेपछि भने फेरि उनका फ्यानहरुमा खुशी छाएको छ । वर्षा र संजोगको जोडीलाई आम मानिसहरूले  रुचाएका छन् ।

यसैले, बेलाबखत उनीहरूको जोडीको खटपटको खबर आउँदा फ्यानहरु निराश हुने गरेका छन् । वर्षाले, संजोग र आफू खुशी हुँदै रमाएको भन्दै तस्विर पोष्ट गरेकी छिन् । यसले, उनीहरूको सम्बन्ध बाहिर हल्ला गरिएजस्तो नभएको देखाउँछ ।