'चम्किदे चाँद'मा चक्र र उषाको ठुम्का

'चम्किदे चाँद' बोलको नयाँ नेपाली म्यिुजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संचारकर्मी रतन देवकोटाको श्वर र शब्द रचना रहेको उक्त गीतमा उनलाई श्वरमा स्मृति शाहीले साथ दिएकी छन् । सार्वजनिक गीतमा चक्र बमको संगीत र केशव वडुको संगीत संयोजन रहेको छ ।

'देउडा फ्युजन' भाकामा बनेको गीत नेपाली दर्शकले बुझ्ने खालको छ । रतनले यस अघि 'यो कस्तो शिक्षा हो', 'होमवर्क', 'ओई सुवा', 'सुन माया', 'रुपस्या जोवन' लगायतका गीत निर्माण गरिसकेका छन् । चम्किदे चाँद गीतले पनि दर्शकको मन जित्नेमा रतन आशावादी देखिएका छन् ।

रतनले नै निर्माण गरेको भिडियोमा चक्र बम र उषा उप्रेतीले ठुम्का लगाएका छन् । भिडियो रमाइलो बनेको देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । भिडियोमा मिलन विश्वकर्माको कलर र सम्पादन छ ।

यो गीतको भिडियो रतनको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।